Thaha

Saturday 21 September - 1:38 pm NST

कपिलवस्तुमा गोली हानि एकको हत्या


काठमण्डौं, २९ माघ । 
कपिलवस्तुको वाणगंगामा अपरिचित ब्यक्तीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका—४, जीतपूर चोकमा हिजो बेलुकी मोटरसाईकलमा आएका व्यक्तिले चलाएको गोली लागेर ४२ वर्षिय राजेश सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो । वाणगंगा नगरपालिका १ का सेनलाई मोटरसाइकलमा आएका व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छातीमा गोली लागेर गंभीर घाईते भएका सेनको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ । मोटरसाइकलमा आएका दुवै जना गोली प्रहार गरी पूर्व पश्चिम राजमार्ग हुँदै वाणगंगा नदीतर्फ भागेका थिए । गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायब उपरिक्षक बिष्टले बताउनुभयो  ।