Thaha

Saturday 21 September - 1:39 pm NST

मिस तामाङ २०१६ को ताज सिन्धुपाल्चोककी उर्मिलालाई


काठमाण्डौं, २८ माघ । 
मिस तामाङ २०१६ को ताज सिन्धुपाल्चोककी उर्मिला योन्जनले जित्नुभएको छ । सिन्धुपाल्चोकको अत्तरपुर स्थायी घर भइ हाल काठमण्डौंको बौद्धमा बस्दै आउनु भएको योन्जनले बुधबार टुँडिखेलमा सम्पन्न प्रतियोगितामा ताज जित्नु भएको हो । 


३२ जना प्रतिस्पर्धी सहभागि प्रतियोगितामा योन्जनले ३१ जनालाई पछाडि पार्दै २०१६ को मिस तामाङको उपाधि जित्नु भएको हो । मिस तामाङ योन्जनले ट्राभल एण्ड टुरिजम विषयमा स्नातक गर्नु भएको छ । मिस तामाङ जितेपछि प्रतिकृया दिदै योन्जनले नेपालको पर्यटन  क्षेत्रको विकास गर्न पर्यटक आकर्षण गर्ने मौलिक संस्कृति र परम्परालाई  उजागर गर्ने प्रतिवद्धता जनाउनुभयो । 


प्रतियोगितामा सम्झना थोकर फस्ट रनरअप र शिक्षा योन्जन सेकेण्ड रनरअप हुनुभएको छ । मिस तामाङ प्रतियोगिता नेपाल तामाङ कला तथा संस्कृति केन्द्रले गरेको हो ।