Thaha

Saturday 21 September - 3:17 pm NST

सोनाम ल्होछार २८५२ शुरु, तामाङ समुदायले हर्सोउल्लासका साथ मनाउँदै


काठमण्डौं, २६ माघ ।
तामाङ समुदायले आज २८५२ सोनाम ल्होछार टे ल्हो अर्थात बाँदर नयाँ वर्ष मनाउँदैछन् । ल्होछारको अवसरमा घरघरमा र सामुहिक रुपमा शुभकामना आदान प्रदान, खानपिन, रमरमाइलो गरेर मनाउँदैछन् । हरेक वर्ष एक एक वटा जनवारको नाममा फेरिने ल्हो अर्थात नयाँ वर्ग वा वर्ष अन्तरगत आजदेखि बाँदर वर्षको आगमन भएको हो । भेंडा वर्षको विधाइ गर्दै घरघरमा दिपावली सहित तामाङ समुदायले नयाँ वर्ष बाँदरलाई स्वागत गरेका हुन् । आज बिहानैबाट आफन्तजनकोमा टिको लगाउने, आर्षिवाद लिने, घरघरमा वा गुम्बाहरुमा गएर पुजा गर्ने गर्दछन भने चेलिबेचीलाई बोलाएर मिठा परिकार खुवाउने चलन छ ।

आजको दिन तरुल, फापरको फुलौरा, आलुम, खाप्से, रोटीआदि खाने गर्दछन् । ल्होछारको अवसरमा बिगतका वर्षमा झैं यसपाली पनि काठमण्डौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ । आज ल्होछार मुल समारोह समितीको आयोजनामा सांस्कृतिक झाँकि सहितको र्याली निकालिने र दिउसो टुँडिखेलमा ल्होछार सांस्कृतिक कार्यक्रम हुने नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिनुभयो । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

ल्होछारको अवसरमा आज सरकारले सार्वजानिक विदा दिएको छ । यसबैबिच ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री मन्त्री केपी शर्मा ओली र राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।