Thaha

Saturday 21 September - 3:15 pm NST

ल्होछारको अवसरमा बौद्धमा तामाङ ज्ञान महोत्सव


काठमण्डौं, २४ माघ । 
तामाङ समुदायको नयाँ वर्ष अर्थात ल्होछारको अवसरमा काठमण्डौंको बौद्धमा आजदेखि ल्होछार प्रदर्शनी तथा ज्ञान महोत्सव शुरु हुने भएको छ । ल्होछार महोत्सवमा तामाङ समुदायका पुस्तक र पत्रपत्रिकाको प्रदर्शनीसँगै तामाङ संस्कृति तथा भेषभूषा, चलचित्र, भिडियो, तस्बिर र कला प्रदर्शनी गरिनेछ । त्यस्तै, ल्होछार महोत्सवमा तामाङ मौलिक खाना तथा निःशुल्क स्वास्थ्य शिविर, ल्होछार केन्द्रित निबन्ध र चित्रकला प्रतियोगिता पनि गरिने आयोजक समितिका सदस्य इन्द्र तामाङले जानकारी दिनुभयो ।

बौद्ध स्तुपाको प्रांगणमा शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्नेछ । तामाङ डाटाबेस, तामाङ डाजाङ, सैलुङ मिडियालगायतको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । तामाङ समुदायले मनाउने ल्होछार यहि माघ २६ गते परेको छ । ल्होछारको अवसरमा काठमण्डौंको टुँडिखेलमा  २५ र २६ गते दुइ दिने ल्होछार महोत्सवको तयारी भएको नेपाल तामाङ घेदुङले जनाएको छ ।