Thaha

Saturday 21 September - 3:15 pm NST

ल्होछारको कविता प्रतियोगितामा बुद्धराम प्रथम

काठमण्डौं, २३ माघ, सन्चु ब्लोन । 
तामाङ समुदायले मनाउने सोनाम ल्होछार २०५२ औ टेल्होको अवसरमा भएको राष्ट्रिय कविता प्रतियोगितामा ललितपुर घुसेलका बुद्धराम थिङ प्रथम हुनुभएको छ । ल्होछार सुमल समारोह समिती अन्तरगत कविता प्रतियोगिता उपसमिती र नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा शुक्रबार काठमण्डौंमा भएको प्रतियोगितामा थिङले प्रथम पुरस्कार जित्नु भएको हो । संविधान र अधिकार विषयमा तामाङ भाषामा भएको प्रतियोगितामा दोलखाका अमिर योन्जन दोस्रो, सिनधुलीका रुपक जमरा तेस्रो हुनुभयो । यस्तै रामेछापको धनकुमारी घिसिङ र सिन्धुपाल्चोकका नेत्र तामाङले सान्त्वना पुरस्कार पाउनु भएको छ । 


प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न ६ जिल्लाका २० जना तामाङ कविले सहभागिता जनाएको प्रतियोगितामा कवि तथा पत्रकार फूलमान बल, कविद्धय बिना थिङ र राजु स्याङतानले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रममा विभिन्न अन्य मातृभाषाका कविता पनि वाचन भएका थिए । लोककवि राजभाई जकमी, कवि हंशवती कुर्मि, सोम धिमाल र बेचन उराउले आ आफ्नो भाषाको कविता सुनाउनु भएको हो । कार्यक्रममा प्रशासकिय अदालतका न्यायधिस कुमार योन्जन, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रती, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानलगायले शुभकामना मन्तब्य ब्यक्त गर्दै मातृभाषा संरक्षणमा राज्यले भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । भने नयाँ संविधानले मातृभाषालाई न्याय नगरेको भन्दै पुनरबिचार गर्नुपर्ने धारणा राखेका थिए । 


यसैबचि ल्होछारको अवसरमा काठमण्डौंमा ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । खेलकुद उपसमितीको आयोजनामा त्रिवी विद्यार्थी क्लबमा काठमण्डौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । प्रतियोगिता यहि माघ २५ गते सम्म चल्नेछ ।