Thaha

Saturday 21 September - 3:15 pm NST

५ दशमलब ५ रेक्टर स्केलको पराकम्प, ७२ जना घाइते


काठमण्डौं, २३ माघ ।
गएरातिको पराकम्पका कारण काठमाडौं उपत्यकामा ७२ जना घाइते भएका छन् । पराकम्पको शक्तिशाली धक्का महसुस भएपछि मानिसहरु भागदौड गर्ने क्रममा घाइते भएका हुन् । काठमाडौंमा ५९, ललितपुरमा ७ र भक्तपुरमा ६ जना घाइते भएको र उनीहरु उपचार पछि घर फर्किएको प्रहरी प्रवक्ता डिआइजी कमल सिंह बलमे जानकारी दिनुभयो । राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ५ दशमलब ५ रेक्टर स्केलको पराकम्प गएको थियो ।

पराकम्पको धक्का पूर्वी र पश्चिमी जिल्लामा समेत महसुस गरिएको थियो । यसअघ गत भदौ १५ गते धादिङ केन्द्र भएर ५ दशमलब ५ रेक्टरको पराकम्प गएको थियो । बैशाख १२ को शक्तिशाली भूकम्प पछि अहिलेसम्म चार रेक्टर माथिका ४ सय २८ वटा पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।