Thaha

Saturday 21 September - 3:22 pm NST

विश्व सिमसार दिवस,


काठमाडौं, १९ माघ । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘भविष्यका लागी सिमसार, दिगो जिविकोर्पाजनका लागी आधार भन्ने नारासहित दिवसका कार्यक्रमहरु हुदैछन् । दिवसको अवसरमा आज पोखरामा विषेश कार्यक्रम हुदैछ । पोखरा र आसपासमा रहेका विभिन्न नौ वटा तालहरुलाई समेटि विश्व रामसार क्षेत्रमा सुचिकृत भएको छ । जसको औपचारिक घोषणा आज हुनेछ । पोखराको गहना फेवा लगायत लेखनाथ क्षेत्रमा रहेका वेगनास, रुपा, दिपांग, मैदी, खास्टे, न्युरेनी, गुदे र कमलताललाई समेटि विश्व रामसार क्षेत्रको रुपमा सुचिकृत गरिएको छ । विश्वभरका करिब १ सय ६९ देशका करिब २ हजार २ सय २५ सिमसार क्षेत्रहरु रामसार सुचिमा सुचिकृत गरिएकामा नेपालका मात्रै ९ वटा क्षेत्रहरु रामसार सुचिमा सुचिकृत भएका छन् । तर अहिले सम्म सुचिकृत भएका रामसार क्षेत्रहरु मध्ये पोखराका तालहरुलाई भिन्नै मोडलबाट सुचिकेत गर्ने प्रयास गरिएको वन तथा भुसंरक्षण मन्त्रालय राष्ट्रिय सिमसार समितिले जनाएको छ । रामसारको सचिवालयबाट आएका प्रतिनिधीले औपचारिक प्रमाणपत्र प्रदान गरेसँगै कास्कीका नौ वटा ताल रामसारमा सूचीकृत हुनेछन् । कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९ सय २४ हेक्टर छ ।