Thaha

Saturday 21 September - 3:18 pm NST

अज्ञात रोगले मकवानपुरमा ६ को मृत्यु

Caption

 काठमाडौं (माघ १६) ।मकवानपुरको छतिवनमा अज्ञात रोगका कारण एक महिनामा ६ जनाको मृत्यु भएको छ । छतिवन ५ थलीका बासिन्दामा सुरुमा पेट सुन्निने र मुखबाट रगत आएको केही समयमै मर्ने गरेको स्थानीय बाघ भैरव निमाविका प्रधानाध्यापक सुवास स्याङ्बोले जानकारी दिनुभयो । एक महिनाअघि देखिएको यो रोगले प्रकोपको रुप लिन थालेको प्रधानाध्यापक स्याङबोले बताउनुभयो ।
शनिबार विहानै स्थानीय ७० बर्षीय जीतबहादुर थिङको सोही लक्षणपछि प्राथमिक स्वास्थ्य केन्द्र छतिवन पु¥याएलगत्तै मृत्यु भएको उहाँले बताउनुभयो । अहिले गाउँमा यही लक्षणका कारण चार जनाभन्दा बढी बिरामी परेका छन् । तर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव फटिक रमण प्याकुरेलले भने आफूहरुले केही समयअघि गाउँमा पुग्दा कुनै प्रकोप फैलिएको नपाएको बताउनुभयो । घरेलु रक्सी सेवन गर्ने हुँदा रक्सीको नमुनासमेत परीक्षणका लागि ल्याइएको प्याकुरेलले बताउनुभयो । अहिलेसम्म मृत्यु भएका सबैमा फरक फरक लक्षण देखिएको उहाँले बताउनुभयो । 
केही व्यक्तिहरुको जण्डिस बिग्रिएको, कोही कालगतिले र कोही हृदयघात भएर मृत्यु भएको उहाँले बताउनुभयो । शनिबार बिहान मृत्यु भएका जीतबहादुर थिङको हृदयघातका कारण मृत्यु भएको उहाँको भनाई छ ।