Thaha

Saturday 21 September - 3:08 pm NST

प्रचण्डलाई मोबाइल एप्स्मा पनि भेटिने

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि मोबाइल बाई एप्स् सुरु गर्नुभएको छ ।
प्रचण्डका दैनिक गतिविधि सार्वजनिक गर्ने उद्देश्यले एन्ड्रोइड्स्मा प्रचण्ड (एचबअजबलमब) मोबाइल एप्स् सुरु गरिएको उहाँका स्वकीय सचिव जोखबहादुर महराले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ । एप्स्लाई एप्पल आइ ओ एस्मा पनि केही दिनभित्रै सार्वजनिक गर्ने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । 
सामाजिक सञ्जालबाट प्रचण्डले जनता र पार्टी कार्यकर्तासँग प्रत्यक्ष कुराकानीका पनि यस्तो कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।