Thaha

Saturday 21 September - 3:20 pm NST

पत्रकार आचारसंहिता कडाई गर्ने सञ्चारमन्त्री भनाई

काठमाडौं, १४ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकार आचारसंहिता कडाईका साथ लागू गरिने बताउनुभएको छ ।
बाल सम्वेदनशील पत्रकार निर्देशिकाको मस्यौदाका लागि सुझाव सङ्कलन गर्न ललितपुरमा गरिएको कार्यक्रममा मन्त्री राईले आचारसंहिता पर्याप्त मात्रमा कार्यान्वयन नभएको भन्दै अब कडाईका साथ कार्यान्वयन गराउने बताउनुभयो । उहाँले नेपालमा पत्रकारिता संवन्धी आचारसंहिताको कार्यान्वयन नाजुक अवस्थामा रहेको टिप्पणी गर्नुभयो । उहाँले आचारसंहिताको नियमन र कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रेस काउन्सीलको क्षमताबृद्धिका लागि सरकारले १ करोड ४० लाख रुपैया विषेश बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । 
मन्त्री राईले नयाँ संविधानअनुसार पत्रकारितासंबन्धी सवै नियम, कानुन र आचार संहिताहरुलाई पुनरावलोकन गर्न मन्त्रालयले तयारी सुरु गरिसकेको बताउनुभयो । पत्रकारितालाई मर्यादित, प्रभावकारी र जवाफदेही बनाउन सरकार जिम्मेवार रहेको मन्त्री राईको भनाई छ ।