Thaha

Saturday 21 September - 3:11 pm NST

एकाबिहानै सिराहा केन्द्र भएर ४.२ रेक्टर स्केलको भुकम्प

काठमाण्डौं, माघ १३ । सिराहा केन्द्रविन्दु भएर आज विहानै भूकम्प गएको छ । विहान ६ बजेर १७ मिनेट जाँदा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बैशाख १२ को गोरखा भूकम्पसँग यो भूकम्पको कुनै सम्बन्ध छैन । यसअघि एक महिना अघि बाजुरा केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

७ दशमलब ६ रेक्टर स्केलको गोरखा भूकम्पपछि चार रेक्टर माथिका ४ सय २७ वटा पराकम्प महसुस गरिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।