Thaha

Saturday 21 September - 3:37 pm NST

स्थानीयलाई निकुञ्ज प्रवेशमा रोक


काठमाडौं, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्रै सालका रुख काटिएको पाइएपछि स्थानीय बासिन्दालाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । निकुञ्जले खरखडाई काट्न माडी बगई क्षेत्रमा केही समयका लागि प्रवेश खुला गरेको थियो । तर अवैधरुपमा सालका रुखसमेत काटेको पाइएपछि उक्त कार्यक्रम स्थगन गरी निकुञ्ज प्रवेशमा रोक लगाइएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । खरखडाई काटेको स्थानमा उपभोक्ता समिति सहितका प्रतिनिधि मिलेर अनुगमनमा जाँदा सालका रुख काटेको पाइएको हो । स्थानीय बासिन्दाले घर छाउन, बार्न तथा अन्य सजावटका लागि खरखडाइ प्रयोग गर्ने गर्दछन् । त्यसैले निकुञ्जले बर्षको एकपटक खरखडाइका लागि केही दिन निकुञ्जमा प्रवेश दिँदै आएको थियो ।