Thaha

Saturday 21 September - 3:42 pm NST

संगितकार रत्नबहादुर खड्गीको निधन


काठमण्डौं, ७ माघ । 
संगितकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित खड्गीको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो ।  संगितकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सातसय गीतमा संगित दिनुभएको छ । काठमाडौँंको कीर्तिपुरमा जन्मिनुभएका खड्गी अहिले बागबजारमा बस्दै आउनुभएको थियो ।

‘एक्लै बस्दा सधँै मलाई सम्झना तिम्रो आइदिन्छ’, ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘कर्मको रेखा नमेट्दो रै छ’, ‘सिरानीले बिझायो कि ?’ लगायतका उहाँले संगित गर्नु भएको दर्जनाँै गीत लोकप्रिय छन् । उहाँको संगतमा अरुणा लामा, दिलमाया खातीदेखि सत्यराज आचार्य, अञ्जु पन्तलगायत गायक गायिकाले स्वर दिनुभएको छ । स्वर्गीय खड्गीका एक छोरा र दुई छोरी छन् ।