Thaha

Saturday 21 September - 3:17 pm NST

हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर

काठमाडौं, ६ माघ । हिमाली क्षेत्रका धेरै ठाउँमा गएरातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि खुसी भएका छन । हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रसुवा, ताप्लेजुङ लगाएतका जिल्लामा भारी हिमपात परेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनु भयो । काठमाडांैमा पनि आज मौसम बद्ली हुने र दिउँसोपख छिटफुट पानीपर्ने सम्भावना छ । तर बेलुकीदेखि भने मौसममा सुधार आउने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

यसैबीच लामो समयदेखि सुख्खा रहेपछि समस्यामा परेका किसानलाई भने यो पानीले निक्कै पाईदा पुगेको छ । वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाईका विभिन्न बालीलाई फाइदा पुगेको बताउनु भयो । उहाँले यो वर्षाले विभिन्न अन्नवाली,फलफुल र तरकारी लगाएका किसानलाई फाइदा पुगेको जानकारी दिनुभयो ।