Thaha

Saturday 21 September - 3:33 pm NST

महोत्तरीमा अपहरणपछि बालकको हत्या


महोत्तरी, ४ माघ । 
महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालक मृत भेटिएका छन् । स्थाथीय नवीन पाण्डेका ११ बर्षीय छोरा निश्चलको शव गएराति जलेश्वर– १३ स्थित रातो खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण  गरेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार जलेश्वरका तीना युवालाई पक्राउ गरेको थियो भने उनीहरुकै सहयोगमा बालक पाण्डेलाई हत्या गरेर गाडिएको ठाउँबाट शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।