Thaha

Saturday 21 September - 3:14 pm NST

सरकारले ६ हजार भूकम्पपीडितलाई फेरि न्यानो कपडा दिने

फाइल तस्बीर

काठमाडौं, ३ माघ । सरकारले उच्च हिमाली भेगका झन्डै ६ हजार भूकम्प पीडित घरपरिवारलाई एक हप्ताभित्र न्यानो कपडा वितरण गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा न्यानो कपडा, विभिन्न बन्दोबस्तीका सामग्री वितरण गर्ने तयारी भइरहेको हो । गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायत अतिप्रभावित जिल्लाका हिमाली भेगका गाविसका विपन्न, पीडित परिवारलाई थप राहत दिन लागेको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो । कोइरालाका अनुसार न्यानो कपडा वितरणमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सरिक हुने तयारी छ ।
केही दिनदेखि प्रधानमन्त्री ओलीले न्यानो कपडा वितरणलाई निरन्तरता दिने सार्वजनिक रुपमा बोल्दै आउनुभएको छ । असोज २४ गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरकारले प्रतिघरधुरी भूकम्पपीडितलाई न्यानो कपडा किन्न १० हजार रुपैयाँ दिएको थियो ।