Thaha

Saturday 21 September - 5:13 pm NST

तनहुँमा खुकुरी प्रहारबाट एक युवाको मृत्यु, एक घाइते


काठमण्डौं, ३ माघ । 


तनहुँमा युवाहरुबिच भएको खुकुरी हानाहानमा १ जनाको मृत्यु भएको छ । १ जना गम्भिर घाइते भएका छन् । गएराति व्यासनगरपालिका वडा नं २ मा स्थानिय युवाहरुबिच खुकुरी हानाहान हुँदा व्यासनगरपालिका – २ का दिनेश थापाको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

घाइते व्यासनगरपालिका – १० का १७ वर्षीय रेगन थापाको पोखरामा रहेको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।