Thaha

Saturday 21 September - 5:27 pm NST

जगंली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु


काठमाडौं २९ पुस । जंगली हात्तिको आक्रमणबाट पर्साको ठोरीमा एक जनाको मृत्यु भएको छ । ठोरी ८ का ७० वर्षिय हस्तबहादुर गोलेको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । हिजो बेलुकी चितवन राष्ट्रिय निकुञ्ज गएका गोलेलाई बेलुकी जंगली हात्तिले आक्रमण गरेर मारेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । केहीदिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तिले ठोरीको निर्मलबस्तीका बासिन्दालाई दुख दिन थालेको छ ।