Thaha

Saturday 21 September - 5:39 pm NST

झापा र गोरखामा भएको आगलागीमा करोडौको क्षती


काठमाण्डौ, २८ पुस झापा र गोरखामा गएराती भएका आगलागीमा घटनामा झण्डै १ करोड रुपैंयाको क्षति भएको छ । झापाको बिर्तामोडमा रहेको थापा मार्केटमा विद्युत सर्ट भएर आगलागी हुंदा ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गोरखा नगरपालिका –७ को गोरखकाली कपास उद्योग र गोरखा नगरपालिका–१ बसपार्कमा रहेको शंकर टेलर्समा आगलागी हुँदा ३० लाख रुपैयाँ बरावरको क्षति भएको छ । कपास उद्योगमा आगो लाग्दा कपासका साथै मेशीनहरु पनि जलेर २० लाख बराबरको नष्ट भएको संचालक सुरेन्द्र भन्तनाले जानकारी दिनुभयो । शंकर टेलर्समा आगलागी हुंदा १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।