Thaha

Saturday 21 September - 5:31 pm NST

अपहरणमा परेका बालकको हत्या


काठमाण्डौ, २८ पुस । महोत्तरीमा अपहरणमा परेका एक बालकको हत्या भएको छ । भटौलिया – २ का रवीन्द्र महासेठका आठ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठको हत्या गरेको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । शनिबार राति अपहरणमा परेका बालक महासेठको एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा गएराति शब भेटिएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनामा संलग्न भएको आशांकामा स्थानीय एक युवकसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।