Thaha

Saturday 21 September - 5:21 pm NST

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डौ, २७ पुस ।चितवनको नारायणगढमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट भरतपुरतर्फ जाँदै गरेको ना ५ ख ३४७५ नम्बरको ट्रकको ठक्करबाट भरतपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजीव बाँनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको  छ । गएराति पैदल हिँडिरहेको बेला ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बाँनियालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोही ट्रकको ठक्करबाट घाइते भएका भरतपुर–३ का ५० वर्षीय जयप्रकाश तण्डुकारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको  छ ।