Thaha

Saturday 21 September - 5:30 pm NST

तामाङ भाषाको १ सय ४९ औं साहित्यिक कार्यक्रम सम्पन्न


काठमण्डौं, २५ पुस । 
तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको साहित्यिक कार्यक्रम अन्तरगत १ सय ४९ औं श्रृखला सम्पन्न भएको छ । तामाङ भाषालाई साहित्यको माध्यमबाट विकास एवं संरक्षण र संवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरेको कार्यक्रम आज काठमाडौको प्रदर्शनीमार्गमा रहेको मानविकी क्याम्पसमा भएको हो । 
कार्यक्रम स्रष्टाहरु मुक्तान थेबा, राजु स्याङ्तान, नेत्र तामाङ, हेम वाइबा, लिला कुमार ब्लोन, धावा तामाङ, लक्ष्मी रुम्बा, रन्जना मोक्तान, राम गोम्जा, अमिर योन्जन, लगायतले कविता, गजल, मौलिक गीत समेत प्रस्तुत् गरे । कार्यक्रममा तामाङ डाजाङले यही पुस ३ र ४ गते दक्षिण ललितपुरको प्यूटारमा आयोजना गरेको साहित्यिक यात्राको भिडियो समेत प्रदर्शन गरिएकोे थियो ।  

तामाङ डाजाङले साहित्यक कार्यक्रम बिगत १३ वर्षदेखि रिन्तर गर्दै आएको छ । शुरुवातका दिनदेखि प्रत्येक महिनाको अन्तिम शनिवार काठमाडौंमा गर्दै आएको कार्यक्रम तामाङ साहित्य विकासको लागि एउटा महत्वपुर्ण मन्च बनेको डाजाङका अध्यक्ष बुद्ध योन्जन लामाले बताउनुभयो ।