Thaha

Saturday 21 September - 6:33 pm NST

घरमा पसेको चितुवालाई शिवपुरी जंगलमा छोडियो

काठमाडौं २५ । नयाँ बानेश्वरमा रहेको एउटा घरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर शिवपुरी जंगलमा छोडिएको छ । 
बानेश्वरबाट शंखमुलतर्फ जाने सुरुचीमार्गमा रहेको हेमराज भण्डारीको घरभित्र शौचालयमा पसेको चितुवालाई लठ्याउने सुई लगाएर नियन्त्रण लिई शिवपुरी जंगलमा छोडिएको प्रहरी नायब निरीक्षक यज्ञप्रसाद ओझाले जानकारी दिनुभयो । भण्डारीको घरको तल्लो तलामा भाडा बसेका रबिन चाम्लिङको परिवार चितुवा घरको कम्पाउन्डमा देखेपछि आत्तिएर भागेका थिए । केहीवेरपछि फर्केर आउंदा चितुवा घरभित्रको शौचालयमै बसेको देखेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए । चितुवाले कुनै मानवीय क्षति नपुर्याएको प्रहरीले जनाएको छ ।