Thaha

Saturday 21 September - 6:16 pm NST

२०३७ सालयताका प्रधानमन्त्री, मन्त्री, प्रशासकहरुमाथि सर्वोच्चमा मुद्दा दर्ता गर्ने केसीको भनाई

काठमाडौं, २५ पुस । एकीकृत नेकपा माओवादीका युवानेता कृष्ण केसीले सरकारी ओहदामा बसेका व्यक्तिहरुको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने जानकारी दिनुभएको छ । 
शनिबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै केसीले २०३७ सालदेखि विभिन्न चरणमा प्रधानमन्त्री, मन्त्री बनेका, सरकारका विभिन्न निकायमा बसेका सबैको सम्पत्ति सार्वजनिक गर्न माग भोलि सर्वोच्चमा मुद्दा हाल्ने जानकारी दिनुभयो । उहाँले नेपाल गरीब देश बन्नु राज्यका विभिन्न निकायमा पुगेकाहरुको भ्रष्टाचार गर्ने कार्य दोषी रहेको भन्दै मुद्दा दर्ता गर्न लागेको बताउनुभयो । 
नेता केसीले सचेतनाका लागि भन्दै मेची महाकाली राष्ट्रिय अभियान सुरु भएको घोषणा समेत गर्नुभयो । युवा नेता केसीले देशमा हुने भ्रष्टाचारको छानबिन गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धनन आयोग नै स्वतन्त्र नरहेको आरोप लगाउँदै सम्पत्ति छानबिन गर्न संसदीय आयोग बनाउन पनि माग गर्नुभयो । उहाँले आफ्नो अभियानमा देशभक्त युवाहरुले साथ दिने पनि विश्वास व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा कलाकार नवल खड्का, जितु नेपाल (मुन्दे्र)लगायत सहभागी थिए ।