राष्ट्रिय पुननिर्माण महाअभियान मनाईने
काठमाण्डौं, पुस २४ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आउँदो माघ २ गतेदेखि झण्डै चार महिनालाई राष्ट्रिय पुननिर्माण महाअभियानको रुपमा मनाउने बताउनुभएको छ ।
विक्रम संवत १९९० सालमा गएको भूकम्पको दिन माघ २ गतेदेखि गत बर्ष भूकम्प गएको दिन बैशाख १२ गतेभित्रको समयलाई पुन निर्माण महाअभियानका रुपमा मनाउन लागेको उहाँको भनाई छ । पुननिर्माण प्राधिकरणको कार्यालयमा प्राधिकरणका परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समितिका सदस्यहरुलाई स्वागत गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले महाअभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
गत मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समितिलाई पूर्णता दिएको थियो । समितिका सदस्यहरुले आजदेखि कार्यभार सम्हालेका छन् ।