Thaha

Saturday 21 September - 6:17 pm NST

नीति निर्माण तहमा प्रतिनीधित्व चाहियो : वाईक्याप नेपाल

काठमाण्डौं, पुस २४ । जोखिममा रहेका युवाहरुको संस्था वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको छ । लागू औषध प्रयोगकर्ता, एचआइभी संक्रमित, यौनकर्मी, समलिंगी तेस्रोलिंगी समूदायको प्रतिनिधित्व रहेको वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको हो ।

काठमाडौंमा आज सकिएको वाइक्याप नेपालको राष्ट्रिय परामर्स बैठकले अरुको भरमा नपर्ने भन्दै आफ्नो लागि आफै बोल्नु पर्ने निष्कर्ष पनि निकालेको छ । यो समूहमा रहेका युवाको बास्तविक समस्या अरुले पहिचान गदैनन् वाइक्याप नेपालका अध्यक्ष संदिप शाहीले भन्नुभयो, हाम्रो समूहमा पर्ने युव माथि हुने विभेद, दुरव्यवहार अन्त्यका लागि सरकारले सम्बोधन गर्नुपर्छ ।

वाइक्याप नेपालमा १५ बर्ष देखि २९ बर्ष समूहका युवा आवद्ध छन् । संयुक्त राष्ट्र संघिय विकास कोष युएनएड्सकी विना पोखरेलले समस्याको पहिचान गरेर अबसर खोज्न सुझाव दिनु भयो । वाइक्याप नेपालबाट अहिलेसम्म जोखिममा परेका विभिन्न समूहका १ सय ५० जना युवाले क्षमता विकासको तालिम लिइसकेका वाइक्याप नेपालले जनाएको छ ।