Thaha

Saturday 21 September - 6:28 pm NST

खादा दुरुपयोग गर्ने शुभेच्छालाई कारबाही गर्न शेर्पा किदुग युएईको माग

काठमाडौं, २४ पुस । शेर्पा किदुग युनाइडेट अरब इमिरेट (युएई)ले कलाकार शुभेच्छा थापालाई कारबारीको माग गरेको छ ।
शेर्पा किदुगले विज्ञप्ति निकालेर विभिन्न चित्रांकित खादालाई बौद्धमार्गीले पवित्रवस्तुको रुपमा लिने खादालाई आफ्नो यौवन ढाक्ने साधन बनाएर बौद्ध धर्ममाथि नै प्रहार गर्ने काम भएकोको भन्दै कलाकार थापामाथि कारबाहीको माग गरेको हो । ‘चर्चा कमाउन र क्षणिक लोकप्रियताको लागि अर्को धर्म, सम्प्रादायमाथि नै आँच आउने काम गर्नु कदापी राम्रो होइन ।’ विज्ञप्तिमा भनिएको छ, ‘छाडातन्त्रको अन्त्य गरी यस्ता गलत क्रियाकलाप गर्नेहरुमाथि कडा कारबाहीको व्यवस्था हुनुपर्दछ ।’ थापाको यो क्रियाकलाप अति नै निन्दनीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘कलाकार राष्ट्रको गहना हुन् तर यस्तो निष्कृष्ट कार्य गर्नेहरु सजायको भागिदार हुनैपर्छ ।’