Thaha

Saturday 21 September - 6:30 pm NST

भारतमा भुकम्प, नेपालमा पनि महसुस, मणिपुरमा ५ जनाको मृत्यु


काठमण्डौं, २० पुस ।

भारतको पूर्वोत्तर मणिपुरमा बिहान गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा लगायतका पूर्वी जिल्लाहरु र मध्य नेपालका काठमाडौं र पश्चिमको पोखरासहितका भूभागसम्म महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । नेपाली समय अनुसार बिहान ४ बजेर ५० मिनेटमा भारतको मणिपुरमा ६ दशमलब ७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण भारतका मणिपुर, मिजोरम, नागाल्याण्ड, मेघालय, त्रिपुरा र असाम लगायतका क्षेत्रका सयौं भौतिक संरचनामा क्षति पुगेको छ । भारतीय संचार माध्यमका अनुसार मणिपुरमा ५ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । अहिलेसम्म भूकम्पमा परेर सबै ठाउँमा गरेर ५० जना भन्दा धेरै घाइते भएका छन । भूकम्पको धक्का बंगलादेश, भुटान र म्यानमारसम्म पनि महसुस गरिएको थियो ।  

तस्विर :  बिबिसी हिन्दी