Thaha

Saturday 21 September - 6:27 pm NST

काजमा खटाईएका कर्मचारी फिर्ता नगर्ने मन्त्रालयमाथि अख्तियारको अनुसन्धान

काठमाण्डौं, पुस १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काजमा खटाइएका कर्मचारी फिर्ता नगर्ने मन्त्रालयमाथि अनुसन्धान गरिरहेको छ ।

निजामति ऐन र नियमावलीविपरीत काजमा खटिएका कर्मचारीको सम्बन्धमा आयोगमा उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरुलाई पत्र काटेर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । उहाँले शक्ति र पहुँचका आधारमा निजामती कर्मचारीहरु आफैंले रोजेर मालदार कार्यालयहरुमा काजमा खटिने, काजको नाममा काम नगरी बस्ने कर्मचारीहरु नफार्काइएका ठूला मन्त्रालयसँग विवरण मागिएको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो ।

उहाँले ठूला मानिएका गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य, शिक्षा, स्थानीय विकास, भूमिसुधारलगायत ८ वटा मन्त्रालयमा विवरण मागेर अनुसन्धान गरिररहेको बताउनुभयो ।