Thaha

Saturday 21 September - 7:56 pm NST

५ लाख घुससहित ५ जना नासु पक्राउ

काठमाण्डौं, पुस १४ । मालपोत कार्यालय डिल्लीबजार काठमाण्डौका तीन जना नायब सुब्बा घुसको ५ लाख रुपैयाँ सहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका नायव सुब्बा मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोष्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई सेवाग्राही संग ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा क्वालिटी फास्टफुड क्याफेबाट पक्रेको हो ।

कर्मचारीहरूले सेवाग्राही संग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा आयोगबाट खटि गएको टोलीले उनीहरुलाई पक्रेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाएको छ ।