Thaha

Saturday 21 September - 7:27 pm NST

इलाममा एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका तीन को मृत्यू , दुईजना गम्भिर घाइते


खविन लुइटेल,
पाँचथर, १३ पुस । 
इलामको गोदक ४ मा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मेचीराजमार्ग अन्र्तगत तिनघरेमा विहान ५ वजे भएको दुर्घटनामा २ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा पाँचथर फिदिमकि नरीमाँया चौहान, आनन्द अधिकारी, र रेनुका अधिकारी रहेका प्रहरीले जनाएको छ । झापाको विर्तामोड बाट फिदिम तर्फ आउँदै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको होे ।

गम्भिर घाइते हुनेमा चालक सुरुङ्गा ३ का ज्ञाननाथ प्रसाई र फिदिम नगरपालीका १ का टीकाराम अधिकारी रहेका छन । घाइतेहरुलाई उपचारका लागि विर्तामोड लगिएको छ । हजुरआमा नरीमाया चौहानको उपचार गराएर फिदिम फर्किदै गरेको परिवार दुर्घटनामा परेको हो ।