Thaha

Saturday 21 September - 7:35 pm NST

गोरखामा चिसोले कठ्याङग्रीएर भुकम्प पिडीतको मृत्यु


काठमाण्डौं, पुस ११ । गोरखामा चिसोले कठ्याग्रिंएर एक भूकम्प पीडितको मृत्यु भएको छ । अस्थायी टहरामा बस्दै आएका आरुआर्वाङ्ग गाबिस –१ बरामका ६५ वर्षीय लालबहादुर बरामको बिहान मृत्यु भएको हो । एक्लै टहरोमा बस्दै आएका बराम विहान मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक टेकराज भट्टले जानकारी दिनुभयो । बरामले ओढ्ने, ओच्छाउने र शरीर न्यानो बनाउने कपडाको अभाव भएको गुनासो गर्दै आउनुभएको थियो ।

चिसो बढेपछि उत्तरी गोरखाका भूकम्पपीडित समस्यामा छन् । निरन्तर तुषारो परेपछि बारपाक, लाप्राक, सौरपानी, स्वाँरा, घ्याल्चोक, गुम्दा, लापु, उहिया, कासीगाउँ, केरौंजा र सिर्दिवासलगायत क्षेत्रका भूकम्पपीडित बिरामी परेका छन् । चिसोले गर्दा निमोनिया, रुघाखोकी जस्ता बिरामी बढे पनि भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधिको अभाव छ । ं

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ज्वरो निको पार्ने एन्टिबायोटिक रा पेट दुखेको निको पार्ने औषधि डाइजिनको समेत अभाव छ ।