Thaha

Saturday 21 September - 7:36 pm NST

चितवनमा हात्ति महोत्सव सुरु

काठमाण्डौं, पुस ११ । चितवनमा आजदेखि हात्ति महोत्वस सुरु भएको छ । ‘समाज संरक्षण र समृद्धि’ भन्ने नाराका साथ चितवनको सौराहामा १२ औं चितवन हात्ति महोत्सव शुरु भएको    हो । मानव र वन्य जन्तुको सम्बन्ध विस्तार गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ सौराहाले   आयोजना गरेको महोत्सवको वनमन्त्री अग्नी सापकोटाले उद्घाटन गर्नुभयो ।

महोत्सवमा यसपटक हात्तिदौडलाई परिवर्तन गरेर हात्ति फाष्टवाक गराईनेछ । आउँदो १५ गतेसम्म चल्ने महोत्सवमा हात्तीका छावाहरुको फुटबल, हात्ति सुन्दरी प्रतियोगिता हुनेछ ।