Thaha

Saturday 21 September - 7:40 pm NST

ट्रान्सफर्मर पड्किएको सम्बन्धमा अख्तियारको निरीक्षण सुरु

काठमाण्डौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि काठमाण्डौंका विभिन्न ठाउँमा पड्कीएका ट्रान्सफर्मरको निरीक्षण सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत भार थेग्न नसकेर ट्रान्सफर्मर पड्कीन थालेको भनेपछि अख्तियारले प्राविधिकको सहयोगमा गुणस्तरको अध्ययन सुरु गरेको हो ।

उपभोक्ताले ग्याँस पनि नभएको र ट्रान्सफर्मर पड्किएर लाईन नआउने, तालिकाभन्दा धेरै समय लोडसेडिङ हुँदा पानी समेत तान्न नपाएको उजुरी परेपछि अध्ययन थालिएको अख्तियारले जनाएको छ । ग्याँसको अभावमा खाना पकाउने, पानी तताउने, पानी तान्ने लगायतका सबै काम विद्युतबाटै गर्नेहरु बढेपछि लोड थेग्न नसकेर ट्रान्सफर्मर धमाधम पड्कीन थालेका नेपाल विद्युत प्राधिकरणको भनाई छ ।

तीनमहिनाभित्र  ५ सय ट्रान्सफर्मर पड्कीएको उर्जा मन्त्रालयले जनाएको छ ।