Thaha

Saturday 21 September - 7:30 pm NST

हुम्लामा आगलागीमा परी चारजनाको मृत्यु


काठमण्डौं, ९ पुस । 
हुम्लामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । हुम्लाको श्रीमष्ठा १ पीपलाङमा सडक खन्ने कामदार बसेको घरमा गएराती आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर कालिकोटको लालु गाविसका ३५ वर्षिय जया मिजार, ३६ वर्षका मानबहादुर विक, २८ वर्षका गगन सुनार र नयाँ सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकार िदिनुभयो ।

उहाँका अनुसार आगलागीबाट घाइते हुनेहरु पनि सबै कालीकोटका हुन् । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप उपचारका लागि अन्यन्त्र लैजान काठमाडौंबाट हेलिकोप्टर मगाएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

मृतकको शवलाई पनि आजै कालिकोट पठाउने तयारी भइरहेको छ । बाटो खन्न कालीकोटबाट गएका कामदारले श्रीमष्ठा १ मा खरको सानोसानो झुप्रो बनाएर बसेकोमा राति एक्कासी आगो लागेको थियो ।