Thaha

Saturday 21 September - 7:28 pm NST

कारागारबाट भागेका अभियुक्त पक्राउ

काठमाण्डौं, पुस ७ । सिन्धुपाल्चोक जिल्ला कारागारबाट भागेका एक अभियुक्तलाई प्रहरीले आज पक्रेको छ । पक्राउ पर्नेमा थाङपालकोट गाविस—७ का २४ वर्षीय मोहन लामा रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । लामा जबरजस्ती करणीको अभियोगमा २०७० भदौमा जेल परेका थिए ।

वैशाखमा गएको भुकम्पमा जिल्ला कारागार भत्किएपछि लामा भागेका थिए । प्रहरीले विशेष सुचनाको आधारमा उनलाई घर नजिकैबाट पक्राउ गरेको जनाएको छ ।