Thaha

Saturday 21 September - 8:39 pm NST

धादिङमा माईक्रो दुर्घटनामा एकको मृत्यु, २२ घाईते

काठमाण्डौं, पुस ७ । धादिङमा आज दिउँसो माईक्रोवस दुर्घटना हुंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाण्डौंबाट चितवनतर्फ जांदै गरेको बा २ ख ३८७ नम्बरको माईक्रोवस दिउँसो २ बजेतीर अनियन्त्रीत भएर धादिङको नौबिसे—१ धार्के बजारमा रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा चितवन भरतपुर—७ का अन्दाजि २५ बर्षिय सुवास तामाङको घटनास्थमलै मृत्यु भएको र अरु २२ जना घाईते भएका प्रहरीले जनाएको छ । घाईतेमध्ये गम्भिर १२ जनालाई काठमाण्डौं ल्याईएको छ भने अन्य १० जनाको धार्केमै उपचार भईरहेको छ ।

माईक्रो चालकलाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।