Thaha

Saturday 21 September - 8:28 pm NST

चितवनबाट पाँच चेलीको उद्धार


काठमण्डौं, ७ पुस । 
चितवनको नारायणगढबाट पाँच किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट चितवन हुँदै महेन्द्रनगरतर्फ लैजान लागेका अवस्थामा नारायणगढबाट हिजो पाँच जनालाई वडा प्रहरी कार्यालय नारायणगढको सक्रियतामा उद्धार गरिएको हो । उद्धार गरिएकामा इटहरी घर भएकी टीकामायाँ राई, सिन्धुपाल्चोककी मायाँ तामाङ, डोल्मा लामा, फुर्साङ लामा र ल्याङलामु तामाङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुलाई लिएर जाँदै गरेका सिन्धुपाल्चोककी मुना सिलवाल र नमिता भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।