Thaha

Saturday 21 September - 8:21 pm NST

विद्युत भार थेग्न नसकेर ट्रान्सफर्मरहरु पड्कीए


काठमाण्डौं, पुस ६ । विद्युत भार थेग्न नसकेर ३ महिनाभित्र काठमाण्डौंमा मात्रै २ सय ४५ वटा ट्रान्सफर्मर बिग्रीएका छन् । खानापकाउने ग्याँसको विकल्पका रुपमा नागरिकले विद्युतीय उपकरण रोजेपछि विद्युतीय प्रणालीमा अतिरिक्त भार थपिंदा मुख्य फिडर लाइन, जडित ट्रान्सफर्मर, सुरक्षाका उपकरणहरु बिग्रन थालेका छन् ।

अभावका कारण आपतकालीन अवस्थामा मात्र ग्यांस, मट्ठितेल उपयोग गर्ने र लोडसेडिङ्ग नभएका बेला विद्युतीय कुकर प्रयोग गर्नेहरु धेरै छन् । जसले गर्दा विद्युत वितरण प्रणालीमा ओभरलोड भएर काठमाण्डौंमा मात्र ३ महिनायता २ सय ४५ वटा ट्रान्सफर्मर बिग्रीएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले  ५ सय ७८ वटा ट्रान्सफर्मर थप गर्दा पनि वितरण प्रणाली स्थिर हुन नसकेको जनाएको छ । २ हजार वाटको इन्डक्सन हिटर १ हजार वाटमा चलाउन, विद्युतीय इन्डक्सन चुल्हो, कुकुर, पानी तान्नेपम्प, आईरन, ओभन जस्ता उपकरणहरु एकै साथ प्रयोग नगर्न, घर तथा कार्यालयहरुमा कम विद्युत खपत गर्न, बत्ति, एयर कन्डिसन तथा रुम हिटर जस्ता बढी विद्युत खपत गर्ने उपकरण प्रयोग कम गर्न उपभोक्तालाई  अपिल जारी गर्दैअपिल गरेको छ ।