Thaha

Saturday 21 September - 8:37 pm NST

पर्यटन बोर्डको कार्यकारी अधिकृतमा दीपकराज जोशी

काठमाण्डौं, पुस २ । ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै दीपकराज जोशी नेपाल पर्यटन बोर्डको प्रमूख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएको छ । जोशी कार्यकारी अधिकृत नियुक्त भएसँगै बोर्डले झण्डै चार वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ ।

जोशीले ११ प्रतिस्पर्धीलाई उछिन्दै सबैभन्दा धेरै अंक ६९ दशमलव ५ अंक प्राप्त गर्नु भएको छ । तत्कालीन कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएपछि तीन वर्षभन्दा धेरै समय सुवास निरौलाले निमित्त सिइओका रुपमा काम गरेपनि निरौला भ्रष्टाचारको मुद्दामा निलम्बित भएपछि बोर्ड कार्यकारी विहीन थियो । अन्तिम छनौटमा परेका तीन प्रतिस्पर्धीमा उत्कृष्ठ ठहरिँदै बोर्डका बरिष्ठ अधिकृतसमेत रहेका जोशी प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले उच्चतम अंक ल्याउने र क्षमतावान व्यक्तिका रुपमा जोशीलाई नियुक्त गरेको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधार चयन भएका थिए । जोशीको कार्यकाल चार वर्षको हुनेछ ।