Thaha

Saturday 21 September - 8:36 pm NST

लोडसेडिङ्ग बढ्ने

काठमाण्डौं, पुस २ । नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । पर्सी शनिवारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय बढाएको हो । अब हप्तामा ७० घण्टा लोडसेडिङ हुनेछ ।

अहिले दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको छ । बिद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमूख भुवन क्षेत्रीले माग बढेको र पानीको बहाव पनि कम भएकाले लोडसेडिङको समय बढाउनु परेको वताउनु भयो ।

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताले विद्युतबाट चल्ने इन्डक्सन चुल्हो र हिटर प्रयोग गर्दै आएका छन् ।