Thaha

Saturday 21 September - 8:17 pm NST

शसस्त्रका आईजिपी वन्तसहीत ४ जनालाई निलम्बन गर्न अख्तियारको सिफारिस

काठमाण्डौं, पुस २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको आरोपमा सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी कोषराज वन्तसहित ४ जनालाई निलम्बनको सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीका लागि सामान ढुवानी गर्दा ठूलो अनियमितता गरेको भेटिएकाले आईजिपी वन्तसहित सशस्त्र प्रहरी नायब उपरिक्षकहरु रामकृष्ण महर्जन, सुमनजंग थापा र प्रहरी निरीक्षक बिन बहादुर थापालाई आजैदेखि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिनुभयो । निलम्बनका लागि आईजीपी वन्तलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अरुलाई गृहमन्त्रालयमा सिफारिस गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आर्थिक बर्ष ०६९।०७० र ७०।७१ मा सदाज्योती सप्लायर्सबाट सम्झौता गरेर खरिद गरेका सामान देशभरका युनिटमा पठाउँदा अनियमिता गरेको पाईएको आयोगको दाबी छ । उजुरी अनुसार अनुसन्धान गर्दा खरिद गरेका सामानभन्दा बढी सामान ढुवानी गरेको देखाई झुटो विल र पत्रहरु बनाएर ढुवानीकर्तासँग मिलि आर्थिक अनियमितामा प्रत्यक्ष संलग्न देखिएको आयोगको दाबी छ । आयोगले अनुसन्धान जारी रहेकाले अझै थप प्रमाण संकलन गर्नुपर्ने देखिएको र प्रमाण नष्ट तथा अनुसन्धानमा बाधा पुराउन सक्ने भएकाले आईजिपी वन्तसहित ४ जनालाई निलम्बनको सिफारिस गरिएको आयोगले जनाएको छ ।

२०४६ पुसमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेका वन्त सशस्त्र प्रहरी बल गठन हुँदा २०५८ मा एक तह बढुवा भएर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकका रुपमा प्रवेश गर्नुभएको थियो । उहाँ २०६८ चैतमा २९ गते सशस्त्र प्रहरी बलको प्रमुख बन्नुभएको हो ।