Thaha

Saturday 21 September - 9:19 pm NST

बिवाहमा लाग्ने खर्च विद्यालयलाई


पर्वत, सन्जय रेग्मि, २८ मंसिर । 
बिवाहमा हजाररौ र लाखौं रुपैयाँ खर्चगरी भोज दिने प्रचलन बढीरहेको बेला पर्वतका बिवाहिता जोडीले बिवाहमा लागे खर्च विद्यालयलाई प्रदान गरेका छन् । शनिबार बिहे बन्धनमा बाँधिनु भएका सन्तोष पौडेलले बिहेमा भोज नखुवाई आफूले पढेको विद्यालय कुश्मा नगरपालीका वडा नं. १८ मा रहेको बिरेन्द्र उच्चमाविमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । यस्तै पौडेलले गाउँमा बेडको अभाबमा सुत्केरी गराउन समस्या झेलिरहको स्वास्थ्य चौकीलाई सुत्केरी गराउने डेलीभरी बेड तथा पेरिलाइट पनि प्रदान गर्नुभएको छ ।