Thaha

Saturday 21 September - 9:11 pm NST

काभ्रेको नारायणस्थानमा जन्ती बोकेको ट्रक पल्टियो २ दर्जनबढि घाइते


काभ्रे, राजकुमार गोले, २८ मंसिर । 
काभ्रेको तिमाल नारायनस्थानमा आज जन्ति बोकेको ट्रक पल्टीदाँ २ दर्जन भन्दा बढि घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर घाइते भएका छ । नगरकोटबाट काभ्रेको तिमाल नारायणस्थानमा जन्ती गएको ब २ ख २ १०७५ नम्बरको ट्रक पल्टिएको हो । दुर्घटनमा काभ्रे नारायणस्थानकी ४५ वर्षिय फुल मायाँ तामाङ, नगरकोट नयाँ गाउँका आइते सि तामाङ, रिमा तामाङ,  उत्तर बहादुर तामाङ र राजु तामाङ घम्भीर घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयले काभ्रेले जनाएको छ ।