Thaha

Saturday 21 February - 4:48 am NST

तामाङ भाषामा १ सय ४८ औं  साहित्यिक कार्यक्रम सम्पन्न


काठमण्डौं, २६ मंसिर । 
हरेक महिनाको अन्तिम शनिबार काठमण्डौंमा हुदै आएको तामाङ भाषाको साहित्यीक कार्यक्रम ग्योइकाइ गेताङको १ सय ४८ औं श्रृखला आज सम्पन्न भएको छ । तामाङ डाजाङको आयोजनामा हुदै आएको कार्यक्रम मानकिवी क्याम्पस प्रर्दशनीमार्गमा भएको हो । कार्यक्रममा डेढ दर्जन बढि स्रस्टाले तामाङ भाषाका कविता, गित, जगल, तंकालगायत विधाका रचना वाचन गरे ।

तामाङ भाषालाई साहित्यको माध्यमबाट विकास एवं संरक्षण र संवद्र्धन गर्ने उदेश्यले सन्चालित कार्यक्रममा आज स्रष्टाहरु फुलकुमार बम्जन, रन्जना मोक्तान, राम गोम्जा, धनकुमारी घिसिङ, अमिर योन्जन, सजना गोले, कविराज काल्तान, निकिता वाइबा, साम्देन दोङ, तेज योन्जन, संगिता थिङ, लगायतले कविता, गजल, हाइकु, मौलिक गीत समेत प्रस्तुत् गरेका डाजाङ अध्यक्ष बुद्ध योन्जनले जानकारी दिनुभयो ।