Thaha

Saturday 21 September - 9:18 pm NST

आज अन्तराष्ट्रिय पर्वतिय दिवस


काठमण्डौं, २५ मंसिर । 
अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष दिवसको नारा ‘सम्वृद्ध पारिवारिक जिवनको लागि पर्वतीय कृषिको महत्व’ तय गरिएकोे छ । जलवायू परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनिकरणमा जोड दिँदै प्रत्येक बर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आव्हानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण पर्वतीय मूलुकमा देखापरेका समस्या समाधान र त्यस्ता असर बढाउने प्रकारका क्रियाकलाप कम गर्न दिवसले जोड दिने गरेको छ ।

पर्वतीय क्षेत्रमा बस्ने मानिसहरुको जनजीबिका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन यस वर्षको दिवसले जोड दिएको छ । दिवसको अवसर पारेर राजधानीमा हिजोदेखि पर्वतीय फिल्म महोत्सव किम्फ हिजोदेखि शुरु भएको छ । विश्वको कुल भूभागको २२ प्रतिशत भूमी पर्वतीय क्षेत्रमा पर्दछ । यस क्षेत्रमा झण्डै ९१ करोड मानिसको बसोबास छ ।