Thaha

Saturday 21 September - 9:22 pm NST

सुनितालाई एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड २०१५


काठमण्डौं, २४ मंसिर । 
शक्ति समूहकी अध्यक्ष एवं संस्थापक सुनिता दनुवारले एसिया लोकतन्त्र र मानव अधिकार अवार्ड २०१५ पाउनु भएको छ । ताइवान फाउण्डेशन फर डेमोक्रेसीले स्थापना गरेको अवार्ड अन्तारष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज ताइवानको राजधानी ताइपेइमा आयोजित एक समारोहमा दनुवारलाई प्रदान गरिएको हो । यो अवार्ड पाउने दनुवार पहिलो नेपाली हुनुहुन्छ ।

फाउण्डेशनले एसियामा मानव अधिकार तथा लोकतन्त्रको सवालमा महत्वपूर्ण योगदान दिने एक जनालाई हरेक वर्ष सम्मान गर्दै आएको छ । मानव बेचबिखन विरुद्ध संघर्ष, साहस, नेतृत्वदायि भुमिकालाई सम्मान गर्दै संस्थाले दनुवारलाई अवार्ड दिएको हो । सम्मानसँगै दनुवारले एक लाख अमेरिकी डलर पाउनुभएको छ ।