Thaha

Saturday 21 September - 9:16 pm NST

काठमण्डौं उपत्यकाका ७ प्रतिशत मानिसका मृगौला फेल

काठमण्डौं, २० मंसिर । 
काठमाडौ उपत्यकाका ७ प्रतिशत मानिसको मृगौलाले काम नगरेको पाईएको छ । नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ संस्थाले पाँच दिनसम्म उपत्यकाका तीन वटै जिल्लामा गरेको स्वास्थ्य परिक्षणमा यस्तो तथ्य फेला परेको हो । संस्थाले काठमाडौ उपत्यकाका २३ सय ब्यक्तिको मृगौला परिक्षण गरेकोमा ७ प्रतिसतको मृगौलाले काम नगर्ने अवस्थामा पुगेपनि उनीहरु अझै अनभिज्ञ रहेको पाईएको फाउण्डेसनका सस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले जानकारी दिनुभयो । पत्रकार सम्मेलन गरी डा. बस्नेतले मृगौला रोगको उपचार खर्चिलो भएकोले उपचार भन्दा पनि पहिला नै लाग्न नदिने तर्फ लाग्न सुझाव दिनुभयो  ।