Thaha

Saturday 21 September - 11:49 pm NST

सिन्धुपाल्चोक केन्द्र भएर फेरी पराकम्प


काठमाण्डौं, मंसीर ३ । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज दुईपटक भूकम्पको पराकम्प गएको छ । बिहान १० बजे ५ दशमलव ३ रेक्टर र साँझ ५ बजेर ४४ मिनेट जाँदा ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।  

पराकम्पको धक्का सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रे र काठमाडौंमा महशुस गरिएको थियो । गोरखालाई केन्द्र बनाएर बैशाख १२ गते भुकम्प गएदेखि पराकम्प जाने क्रम रोकिएको छैन । यसअघि अस्ति राति ८ बजेर ५५ मिनेट जाँदा रसुवालाई केन्द्र बनाएर ४ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।