Thaha

Saturday 21 September - 11:46 pm NST

देशभर चामलको अभाव छैन : सरकार

काठमाण्डौं, मंसीर ३ । सरकारले देशभर चामलको अभाव नभएको बताएको छ । नेपाल खाद्य संस्थान, निजी क्षेत्रका गोदाममा समेत चामलको उल्लेख्य मौज्दात रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । तर इन्धनको अभावका कारण एक ठाउँबाट अर्को स्थानमा निर्यात गर्न भने समस्या परेको छ ।

यस्तै खाने तेलमा भने कालोबजारी भएको सचिव उपाध्यायको भनाइ   छ । नाकाबन्दीभन्दा पहिले आएको खाने तेलसमेत लुकाएर व्यापारीले अत्यधिक नाफा खाएर बिक्री वितरण गरेको पाइएको छ । खाने तेल हवाई मार्गबाट आयात गर्ने तयारीमा सरकार रहेको छ । दलहनमा पनि मूल्य बढेको जानकारी दिँदै सचिव उपाध्यायले त्यसको विकल्पको समेत खोजी रहेको बताउनुभयो ।

यस्तै, नुन भने आगामी ६ महिनाका लागि साल्ट टे«डिङसँग चाहिँदो मात्रामा मौज्दात रहेको सरकारको भनाई छ ।